नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

काठमान्डौ

नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो।

यसअघि उनले अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। २०२४ अक्टोबरमा आईसीसी विश्वकप लिग २ मा नेपालसँग भिड्नु एकदिन अघि उनी अमेरिकन टोलीबाट बाहिरिएका थिए। 

अमेरिकन टोलीबाट उनी ७ महिनामै बाहिरिएका थिए। तर उनले किन बिचमै छाडे भन्ने अमेरिकन क्रिकेट बोर्डले प्रस्ट बताएन।

उनले केही समय अफगानिस्तानको पनि मुख्य प्रशिक्षक भएर काम गरेको अनुभव छ।

ताजा समाचार