काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।
खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्यो ।
नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन ।
खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
नवौं मिनेट निराजन धामीको लामो प्रहार बंगलादेशका मोहम्मद आसिफले मुश्किलले बचाए । उनले बललाई पञ्च गर्दै संकट टारेका थिए ।१३ औं मिनेट निराजनको अर्को लामो तर बंगाली गोलकिपरलाई लागेर बाहिर गयो ।
नेपालले २१ औं मिनेटमा अर्को राम्रो अवसर गुमायो । निराजनले उपलब्ध गराएको पासमा अविनाश स्याङ्तानले फितलो प्रहार गरे ।
३० औं मिनेटमा सीमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ औं मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।
पहिलो हाफमा बंगलादेशले अन्तिम समयमा पाएको अवसरमा गोल गर्दै अग्रता लियो । मिराजुल इस्लामले ४६ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।नेपालका निरज कार्कीले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बंगलादेशले फ्रीकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको हो ।पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफको सुरुदेखि नेपाल बराबरी गोल फर्काउने प्रयासमा लागेपनि सफल हुन सकेन ।५५ औं मिनेट मिराजुल इस्लामले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे । असादुल इस्लाम सकिबको क्रसमा असादुल मोल्लले पेनाल्टी बक्स भित्रबाट हानेको हेडरमा मपराजुल इस्लामले नेपालका गोलकिपर बिट भइसकेको अवस्थामा आरामले गोल गरे ।
७१ औं मिनेटमा रबि होसेन राहुलले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए । मिराजुलको पासमा राहुलले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरे ।
तीन गोल खाएपछि नेपालका लागि ८० औं मिनेटमा समिर तामाङले गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर त्यो ढिला भइसकेको थियो ।
बंगलादेशले उल्टी गोल थप्यो । इन्जुरी टाइमको छैटौं मिनेटमा पीएस अहमद नोभाले गोल गर्दै बंगलादेशको ४-१ को जित पक्का गरे ।
बंगलादेशी टोलीले नेपाल आएर जितेको यो चौथो उपाधि हो ।
सन् २०१८ मा साफ यु-१५ को उपाधि जितेको बंगलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।
साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले नै पराजित भएको थियो । यस्तै २०२४ मै नेपालमा भएको साफ यु-१५ च्याम्पियनसिपको उपाधि पनि बंगलादेशले जितेको थियो ।