टोकियो
नेपाली फुटबल क्लब NYFC 8848 ले जापानमा संचालन गरेको च्यारीटी कार्यक्रम मार्फत संकलन गरेको २ लाख ३० हजार रुपैया नेपाली राष्ट्रिय महिला फुटबल टोलिलाई हस्तान्तरण गरेको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमको सहयोगार्थ च्यारिटी कार्यक्रममा फुटबल खेलाडी डोना थापा र ओडा स्टीनको सहभागितामा जापानको टोकियो र नागोयामा च्यारिटी कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजकले दिएको जानकारी अनुसार कार्यक्रमबाट संकलन भएको २ लाख ३० हजारबाट महिला राष्ट्रिय फुटबल टिमका २३ जना खेलाडीहरुलाई डोना थापा र ओडा स्टीनले सयुक्त हस्तान्तरण गरेको क्लबका जापान संयोजक ओम थापा मगरले जानकारी दिए ।
क्लबले नेपाली खेलाडीहरुको सहयोगमा आयोजित कार्यक्रम सहभागि सबै एवं सहयोगि सबैलाई आभार ब्यक्त गर्दै, यो सहयोगले नेपाली महिला फुटबल खेलाडीलाई खेल प्रर्दशनमा सहयोगमा पुग्ने आसा ब्यक्त गरेको छ ।