बलियो बेल्जियमलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

एजेन्सी

पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो ।

दुई महारथी टोलीबिच भएको भिडन्तमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बन्यो ।

ताजा समाचार