युरोकप–२०२४ : डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग १–० ले पराजित

काठमाडौँ । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो । 

५५ औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो । सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ । 

समूह बीमा स्पेनले २ खेलबाट ६ अङ्क बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । यसैगरी अल्बानिया र क्रोएसियाको समान एक–एक अङ्क रहेको छ । 

युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन् ।

ताजा समाचार