टोकियो
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासबाट पनि सहयोग पुर्याउने उदेष्य सहित अगस्ट ३ तारिख तोडा सिटी स्पोर्टस् सेन्टरमा पर्वत समाज जापानले पहिलो भलिबल च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्न लागिएको पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिएका छन ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५ हजार ५५५ येन नगद, च्याम्पियन कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २२ हजार २२२ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा तृतीय हुने समूहलाई १ लाख ११ हजार १११ येन र प्रमाण-पत्र प्रदान गरिने प्रतियोगिता आयोजक संस्था पर्वत समाज जापानले जनाएको छ।
प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर,मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ । प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ ।
खेल साइतामाको तोडा स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।