एजेन्सी
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ ।
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको हो । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औंविश्वकपको उपाधि जितेको हो।
लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदैअर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकपभएको बताइसकेका छन्।
पेनाल्टी प्रहारमा अर्जेन्टिनाका मेस्सी सहित ४ खेलाडीले गोल गरेका थिएभने फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीमिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।