मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएशिया बन्यो तेस्रो

काठमान्डौ

मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ।

अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्। 

त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए।  

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। 

विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ। 

गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। 

उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो।

ताजा समाचार