ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउदै क्रोएसिया सेमिफाइनलमा

एजेन्सी

सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजि गरेको हो। पेनाल्टी सुट आउटमा क्रोएसियाले ४-२ गोल अन्तरले पराजित गर्दै क्रोएसिया सेमिफाईनमा प्रवेश गरेको छ ।

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटहाउटमा पराजित गरेको हो। यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो। 

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। 

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो। 

ताजा समाचार