विश्वकप:जापानलाई हराउदै क्रोएसिया क्वार्टफाइनलमा

एजेन्सी

विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो। उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो।  यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

जापानका कप्तान सहित तिन खेलाडीको पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलकिपरले रोकेका थिए भने एक गोल भएको थियो त्यसैगरी क्रोएसियाका तिन गोल भएको थियो भने जापानिज किपरले रोकेका थिए ।

समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो। 

पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको थियो।

ताजा समाचार