एजेन्सी
कतारमा भइरहेको फिफा विश्वकपमा पहिलो खेलमै जर्मनीलाई सत्ब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग १-० ले पराजित भएको छ ।
आइतबार अहमद बिन अलि रंगशालामा फुलर स्पेन्सले अन्त्यतिर गरेको गोल नै निर्णायक सावित भयो ।
सर्ट पास एवं बललाई लामो समय जापानले होल्ड गरेपनि गोल गर्न सकेको थिएन । समग्रमा जापानले टोटल खेल पस्कियो तरपनि गोल गर्न भने चुक्यौ । जर्मनसगको खेल भन्दा उत्कृष्ट लयमा देखिएको जापानले दर्शकको मन जित्यौ कोस्टरिकाले खेल ।
दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ ।