जर्मनीविरूद्ध जापानको ऐतिहासिक जित

दोहा

खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गोल गर्दै जर्मनीलाई विश्वकप २०२२ को पहलो खेलमा २-१ ले पराजित गरेको छ ।

चारपल्टको विश्वकप विजेता जर्मनीले लगातार दोश्रो पटक विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो । उसलाई रूसमा सन् २०१८ मा मेक्सकोले १-०ले पराजित गरेको थियो भने जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित निकाल्न सफल भएको हो ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इकाय गुन्डेन्पेसनले पेनाल्टी गोलमा जर्मनीले ३३ औं मिनेटमा १-० को अग्रता लिएकाे थियो ।

रित्सु डाेआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा १-१ को बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गोलकर्ता सब्स्टच्युटको रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

ताजा समाचार