विश्वकप फुटबल: फान्सले अस्ट्रेलियालाई साउदीले अर्जेन्टिनालाई हरायो,अन्य दुई खेल बराबरी

एजेन्सी

फिफा विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । खेलको १० औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो । 

तर साउदी अरेबियाले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरे । साउदीका लागि सालेह अलसेहरीले गोल गरे । ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरेका थिए ।

फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि

हो ।

विश्वकप फुटबलको पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ ।  मंगलबार राति भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् । 

डेनमार्क र टुनिसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी स्टेडियमा दुबै टोलीको तर्फबाट गोल हुन नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । 

ताजा समाचार