नेपाललाई पहिलो ओडीआई शृंखलाको उपाधी

काठमाडौं । नेपालले युएईलाई शुक्रबार ६ विकेटले शराएर घरेलु मैदानमा पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा जितपछि नेपालले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले घरेलु मैदानमा दुईवटा ओडीआई शृंखला खेल्दा यो पहिलो शृंखला जित हो । गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पपुवा न्युगिनी विरुद्धको शृंखलाा भने नेपाल २-० ले पराजित भएको थियो ।

नेपालले ओडीआईको पहिलो शृंखला पनि युएई विरुद्ध नै जितेको थियो । सन् २०१९ मा युएईमा भएको शृंखला नेपालले २-१ ले जितेको थियो ।

गत वर्ष ओमानमा भएको पपुवा न्युगिनीविरुद्ध दुई खेलको ओडीआई शृंखला नेपालले २-० ले जितेको थियो । नेपालले शृंखलामा पहिलोखेल गुमाए पनि त्यसपछि लगातार दुई खेल जितेर पुनरागमन गर्दै सिरिज जितेको हो ।

पहिलो खेफमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो ।

तेस्रो खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आसिफले अविजित रहँदै ८८ रन बनाए । ज्ञानेन्द्रले ६४ रन बनाए ।

रोहित पौडेले यसै सिरिजबाट नेपालको कप्तानी यात्रा सुरु गरे । उनको पहिलो कप्तानी सिरिज नै नेपालले जितेको छ ।

कप्तान रोहितले कप्तानको रुपमा पहिलो सिरिज नै जित्दा आफू भाग्यमानी भएको बताए । यसै सिरिजबाट हरि शंकर शाहले ओडीआईमा डेब्यू गरे ।

ताजा समाचार