टोकियो
जापानमा बसोबास गर्ने नेपाली समुदयका साना बच्चाहरुको प्रिय खेल फुटबलमा भविष्य बनाउने लक्ष्य रहेका नेपाली बच्चाहरुलाई लक्षितगरी बसन्त गौचनले टोकियोमा एक दिने प्रशिक्षण दिने भएका छन ।
जापानमा ब्यवसायिक फपटबल प्रशिक्षण गराईरहेको फुनरुट्स एकेडेमी र नेपाए नामक सस्थाको सहयोगमा टोकियोको सेन्दगया फुटसाल मैदानमा अक्टुबर १५ तारिक शनिबार १ बजे देखि ३ बजेसम्म संचालन हुने निशुल्क फुटबल क्याम्पमा नेपाली अभिवावकहरुले आफ्ना बच्चालाई सहभागि बनाउन सकिने प्रशिक्षक गौचनले निष्पक्ष न्यूजलाई बताउनु भयो ।
विगत १० बर्ष देखि जापानमा फुटबल प्रशिक्षण गराई रहेका पूर्व नेपाली टिमका स्टार खेलाडी गौचन सहित जापानिज प्रशिक्षकहरु सम्मिलित प्रशिक्षकहरुले प्रशिक्षण दिने छन ।
जापानमा नेपालीहरुको बसोबाससगै बच्चाहरुको सख्यामा बृद्दी भएपछि अभिवावकहरुले नै वच्चाहरुका लागि फुटबल प्रशिक्षण गरिदिन आएको अनुरोधलाई दुई सस्थाको सहयोगमा निशुल्क प्रर्शिक्षण गर्न लागिएको जानकारी दिनुभएको हो ।
निशुल्क प्रशिक्षणमा सहभागि हुने बच्चा १२ बर्ष मुनिको हुनुपर्ने एवं फुटबल खेल्न सजिलो हुने ड्रेस, जुत्ता र फुटबलका सामग्रीहरु आफैले लिनु पर्ने जानकारी दिनुभयो ।
प्रशिक्षण हुने स्थान सिन्जुकु वार्डको सेन्दगया फुटसाल टोकियो ओलम्पिक स्टेडियाम नजिक रहेको र नेपालीहरुको बसोबास पनि सिन्जुकु, सिबुया, ईकेबुकोरो, सुनागामि र नाकानो वार्डहरुमा धेरै रहेकाले आउन नजिक पर्ने बताउदै सहभागि बनिदिन उहाले सबैमा अनुरोध गर्नु भयो ।
गौचन जापानमा रहेको ब्यवसायीक क्लबमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक हुन भने हालै नेपालको पोखरामा पनि बसन्त गौचन प्रशिक्षण केन्द्र संचालनमा ल्याएका छन ।
प्रशिक्षण हुने स्थान-
1-17-1 Shibuya ku Tokyo to 151-0051 Tokyo gym futsal field sendagaya