कर्णाली प्रदेश समाज जापानको आयोजनामा प्रथम रारा गोल्डकप फुटसल प्रतियोगिता सम्पन्न, उपाधी सिजुओका गाईजलाई

टोकियो

टोकियोमा सम्पन्न भएको रारा गोल्डकप फुटसल प्रतियोगिता उपाधी सिजुओका गाईले जित्न सफल भएको छ ।

कर्णाली प्रदेश समाज जापानको आयोजनामा टोकियोको हाचिओजिस्थित फुटसल मैदानमा आईतबार सम्पन्न प्रतियोगितामा सिजुओका गाईजले लमजुङ पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगिताका प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदुत अम्बिका जोशीले रेफ्रीलाई बल दिएर उदघाटन गर्नु भएको थियोभने प्रतियोगितामा विभिन्न खेलप्रेमी तथा संघसस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा २ भुटानी अतिथि टोलिहरु सहित २२ नेपाली टोलिको सहभागिता रहेको थियो । प्रतियोगितामा सिजुओका गाईजले विजेता बन्दै ३ लाख ३ हजार ३ सय ३३ येन नगद पुरस्कार र मेडल तथा ट्रफी हात पार्न सफल भयो भने ,लम्जुङ्ग फुटसल क्लबले उप विजेताको स्थान चुम्दै १ लाख ५५ हजार ५ सय ५५ येन नगद पुरस्कार र मेडल तथा ट्रफी हात पार्यो ।

प्रतियोगिताका विजेता टोलि सहितका खेलाडीहरु लाई एनआरएन एसिया क्षेत्रका सहसंयोजक दघिवल खडका, फुटबल संघका उपाध्यक्ष शिव खडका, समाजका अध्यक्ष कृष्ण शाही लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

कर्णालीबासीहरुको सुख दुखमा साथ दिँदै विभिन्न सामाजिक कार्य गर्ने उदेष्य सहित जापानमा समाज क्रियाशिल रहेको छ ।

ताजा समाचार