लिगको शिर्ष स्थानमा मनाङ उक्लियो

पोखरा

घरेलु मैदानमा अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मर्स्याङदी क्लबलाई पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पुर्‍याएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा शनिबार अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उक्त जितसँगै मच्छिन्द्रलाई पछि पार्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको हो । हाल मनाङले १६ अंक पुर्‍याएको छ भने मच्छिन्द्रको १४ अंक छ । एएफसी च्यालेन्ज कपका लागि छनोट हुन मनाङको सम्भावना जीवितै छ ।

सातौं चरणको खेल अन्तर्गत मच्छिन्द्रले आइतबार पुलिससँग खेल्नेछ । मच्छिन्द्र र पुलिसबीचको खेलले नै मनाङ एएफसीका लागि छनोट हुने/नहुने निर्धारण गर्नेछ 

ताजा समाचार