म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो ।

उसका लागि क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक-एक गोल गरे । जितपछि निमित्त प्रशिक्षक माइकल क्यारिकले यो सफलतालाई सोल्सारप्रति नै समर्पित गरे ।

दिनको अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युभेन्ट्सलाई ४–० ले हरायो । यस्तै बायर्न म्युनिकले डायनामो किभलाई २–१, लिलले साल्सबर्गलाई २–१ र सेभियाले उल्भ्सबर्गलाई २–० हरायो । यस्तै बार्सिलोना र बेनफिकाले गोलरहित बराबरी खेले । योङ ब्वाइज र एटलान्टाबीचको खेल पनि ३–३ को बराबरीमा टुंगियो ।

ताजा समाचार