फर्कियो नेपाली फुटबल टोली, टिमका खेलाडीलाई पाँच लाख दिने सरकारकाे निर्णय

काठमाडौं 

साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि टोली नेपाल आइपुगेको हो ।

नेपाल २८ वर्षको साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको हो ।

सरकारले साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले फुटबल खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार साफमा सहभागी राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रशिक्षकहरुलाई प्रोत्साहनवापत ३ लाख दिने निर्णय भएको छ ।

नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपमा उपविजेता बनेको हो ।

ताजा समाचार