काठमाडौं
नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बरको ‘प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् । कुनै पनि नेपाली खेलाडी आईसीसीको प्लेयर अफ दी मन्थ बनेको यो नै पहिलोपटक हो ।
आईसीसीले असोज १० गते जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका थिए ।
सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका थिए । ओमान भ्रमणमा ७।३८ को इकोनेमीमा बलिङ गर्दै सन्दीपले १८ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको खेलमा ६/११ को आँकडामा बलिङ गरेका सन्दीपले विश्व क्रिकेटको ध्यान फेरि एक पटक आफूतिर खिचेका थिए ।
समर्थकको भोटको आधारमा अर्को साता विजेताको भएको हो ।
नेपालबाट महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने सन्दीप दोस्रो खेलाडी हुन् । यसअघि कुशल भुर्तेल आईसीसीको मनोनयनमा परेका थिए । यद्यपि, उनी विजेता बन्न सकेका थिएन् ।महिला खेलाडीतर्फ न्यूजिल्याडकी हेथर नाइट प्लेयर अफ द मन्थ बनेकी छन् ।