भारतसँग नेपाल पराजित, फाइनल पुग्ने सम्भावना कायमै

माले, माल्दिभ्स

साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । भारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे ।

उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ । अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछ । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।

ताजा समाचार