टोकियो
टोकियो ओलम्पिकका लागि जापान आईपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन ।
एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आईपुगेका नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह( एलेक्स)लेतोकुशिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भब्य स्वागत गरिएकोमा गौरिका सिहले तोकुशिमाबासि सहित जापानलाई आभार ब्यक्तगरेकी छिन
नेपाली खेलाडीलाई तोकपशिमा वासिले नेपाली पोषक सहित भब्य स्वागत गरेका थिए ।
पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाईको महशुस नगरेको एनएचकेले जानकारी दिदै, नेपाली
खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रशारण गरेको छ ।
नेपाल ओलम्पिक कमिटि र तोकुशिमा प्रान्त विच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमति पछि जापानको
वातवरण मिलाउन दुबै खेलाडीलाई दुई हप्ता अगाडी नै अभ्यासका लागि तोकुशिमा ल्याईएको हो ।
टोकियो ओलम्पिकमा नेपाली दुबै पौडी खेलाडीले १ सय फ्रिस्टाईलमा प्रतिस्प्रर्धा गर्ने छन ।
फोटो सौजन्य- एनएचके