काठमडाौं । सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा मुद्दा हाल्नुभएको छ ।
मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै उहाँले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको समेत उहाँले आरोप लगाउनुभएको छ ।
कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाउनुभएको थियो ।
मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उहाँको घरसम्म पु¥याउनुभएको थियो । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।
आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी रुपाले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि प्रधान पक्राउ पर्नुभएको थियो । पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।