युरोकपको सेमिफाइनलमा स्पेन र इटाली

तीन पल्टको च्याम्पियन स्पेन स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा नाटकीय रुपमा ३–१ एता इटालीले बेल्जियमलाई २–१ ले हराएर पराजित गर्दै युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको थियो । अनुभवी स्पेन टाइब्रेकरको सुरुआतमा पछाडि रहेर पनि प्रभावशाली जित निकाल्न सफल भएको हो ।निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको थियो ।

अनुभवी स्पेन टाइब्रेकरको सुरुआतमा पछाडि रहेर पनि प्रभावशाली जित निकाल्न सफल भएको हो ।

एता निकोलो बारेलाको गोलले अग्रता लिएको इटालीका लागि लोरेन्जो इनसिघनेले दोस्रो गोल थपे र टिम कीर्तिमान ३२ खेलको अपराजित यात्रा छुन पनि सफल रह्यो । इटालीको यो लगातार १३ औं जित पनि हो । बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काए पनि त्यो विश्व वरीयताको नम्बर १ टिमलाई खेलमा फर्काउन पर्याप्त रहेन । यस हारसँगै उसको स्वर्णिम पुस्ताका खेलाडीको उपाधिविहीन यात्रा कायम रह्यो ।

इटालीले अन्तिम चारको खेलमा स्पेनको सामना गर्नेछ ।

ताजा समाचार