युरोकपमा आज दुई खेल हुँदै : दोस्रो चरणमा जाने इंग्ल्यान्डको लक्ष्य

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् ।

युरोकपको समूह चरणअन्तर्गत आज राति समूह ‘डी’ का दुई खेल हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्यान्ड भिड्ने छन् ।

इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पहिलो खेलमा क्रिाएसियालाई १–० ले पराजित गरेको इंग्ल्यान्ड दोस्रो चरणमा स्कटल्यान्डसँग बराबरीमा रोकिएको थियो । यसर्थ, दोस्रो चरणमा स्थान पक्का गर्न दाबेलदार मानिएको इंल्यान्डले आजको खेल जित्नुपर्ने वा बराबरी गर्नुपर्ने हुन्छ ।

आफ्नो टोली आज जित्नकै लागि मैदानमा उत्रने प्रमुख प्रशिक्षक ग्यारेथ साउथगेटले बताइसकेका छन् ।

यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्यान्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति पौने १ बजे नै सुरु हुनेछ ।

ताजा समाचार