नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश

एजेन्सी । एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ ।

एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो । यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए ।

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम थियो । तर, एएफसीले बनाएको नयाँ नियमकाकारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् ।प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

ताजा समाचार