काठमान्डौ
न्यायाधीश भएको ८ वर्षमै प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्ने भएका छन्। राउत न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।
न्यायाधीश बनेको छोटो समयमै राउत न्यायालयको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज २० गते अनिवार्य अवकासमा जाने भएपछि राउतलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भए प्रधानन्यायाधीश बन्नेछन्।
प्रधानन्यायाधीश नियुक्त भएमा उनी २०८२ चैत १७ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।