कोशीमा नयाँ मन्त्रिमण्डल तयार : ११ सदस्यीय यस्तो छ कार्यविभाजन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाट गरेका छन् ।

२०८१ वैशाख २७ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्लाई विस्तार र परिमार्जन गर्दै मुख्यमन्त्री कार्कीले सोमबार नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेका हुन् ।

नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्री खिनु लङवा (लिम्बू) लाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

त्यसैगरी तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सरकारको अन्य महत्त्वपूर्ण मन्त्रालयहरूमध्ये गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून, विदुर कुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना र रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सामाजिक विकास मन्त्रालयको कार्यभार गीता तिम्सिनालाई सुम्पिएको छ । मन्त्रिपरिषमा दुई जना राज्यमन्त्रीलाई पनि सहभागी गराइएको छ । जसमा उमाकान्त गौतमलाई स्वास्थ्य र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

ताजा समाचार