प्रदीप ज्ञवालीले रास्वपाको महाधिवेशनमा भने– एक्सिलेटर मात्र थिच्दा दुर्घटना हुन सक्छ

नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनमतलाई सही ढंगले सदुपयोग गर्न सुझाव दिएका छन्। अन्यथा त्यसले भयावह जोखिम निम्त्याउने बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरु भएको पहिलो महधिवेशनमा ज्ञवालीले रवि लामिछाने र बालेन शाहको प्रशंसकका रुपमा रहेको समूहलाई वैचारिक रुपमा प्रष्ट संगठित शक्तिका रुपमा रुपान्तरित गर्न शुभकामना दिए। 

‘तपाईंहरुको काँधमा असिम जनमत छ। त्यो ठिक ढंगले सदुपयोग भएन भने त्यसले निमत्याउने जोखिम भयावह हुन्छ भन्ने हेक्का राख्नु हुनेछ भन्ने चाहन्छु’, ज्ञवालीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले असाधारण जनादेश सहित उपस्थित हुनुभएको छ। यो जनादेश सृद्ढ लोकतन्त्र निर्माणका लागि कसरी रुपान्तरण हुन्छ, सिङ्गो देशले प्रतिक्षा गरिरहेको छ।’

उनले केही समयअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी दुवै देश भ्रमण गरेको उल्लेख गर्दै भूराजनीतिक संवेदनशिलतामा सतर्क रहन आग्रह गरे। 

‘एउटा गलत निर्णयले भूराजनीतिक दबाब नेपाल जस्तो देशले थेग्न निकै गाह्रो हुन्छ,’ ज्ञवालीले भने, ‘सरकारले १०० पूरा गरेको छैन। आलोचना गर्न मन छैन।’

तर उनले सरकारका प्रारम्भिक केही निर्णय र गतिविधीले प्रश्न खडा गरेको बताए। 

ताजा समाचार