काठमान्डौ ।
देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको बिहान ७ बजेदेखि नै मतदानका सुरु भएको हो।
काठमाडौँ उपत्यकाका ५२७ वटा स्थायी र ९ वटा अस्थायी मतदानस्थलमा पनि मतदान भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशका २३ वटा मतदान केन्द्रबाहेकका मतदान केन्द्रमा अहिले मतदान चलिरहेको छ।
केही हिमाली क्षेत्रका मतदान केन्द्र र केही स्थानमा प्राविधिक कारणले मतदान सुरु हुन नसकेको र अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ।
केही शीर्ष नेताले बिहानै मतदान गरिसकेका छन्।



दाङको घोराही उपमहानगरपालिका-१४ स्थित बालमन्दिर मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न आज बिहानैदेखि लामबद्ध भएका सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

