काठमाडौं । सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा नेपाली कांग्रेसको निर्वाचनकाे संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।
विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका कार्यसूचीलाई परिमार्जन गरी प्रकाशित गरिएकाे हाे । निर्वाचन समितिका अनुसार उम्मेदवारी प्रकाशनदेखि मतदानसम्म आजै हुनेछ ।
तालिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४:३० बजेसम्म दर्ता गर्न सकिनेछ।
अन्तिम नामावली साँझ ६ बजे प्रकाशित हुनेछ भने मतदान सूची राति ८ बजेदेखि १ बजेसम्म हुने समितिले तालिका सार्वजनिक गरेको छ । मतगणना सुरु हुने समय भने सार्वजनिक गरिएकाे छैन । हिजो साँझदेखि मनोनयन जारी रहेको छ ।