एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले गरे रिमोटबाट झन्डोत्तोलन

काठमाडौँ —एमालेको ११ औं महाधिवेशन कार्यक्रम उद्घटानका क्रममा भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन आजदेखि सुरु भएको हो । 

हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

ताजा समाचार