मधेस प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।
एमाले दल नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेर उनी काठमाडौं प्रस्थान गरेकी छन्। भण्डारीले आफू अस्वस्थ भएको कारण दिएकी छन्।
पूर्वमुख्यमन्त्री सोनलले मधेस प्रदेशका जनताप्रति धोका भएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री नियुक्त हुँदै गरेको भिडियो सहित उनले लेखेका छन्।
मधेस प्रदेश सभामा एमालेको २५ सिटको छ। प्रदेश सभा सदस्य रामचन्द्र मण्डल सभामुखमा नियुक्त भएका छन् भने दीपेन्द्र ठाकुर निलम्बनमा छन्। धनुषाको औरही गाउँपालकिामा १५ शैय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा उनी लगायत १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्।
ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए।