जेनजी प्रदर्शनकारीले संसद भवन गेटको पर्खाल भत्काए पछि प्रहरीले चलायो गोली,कर्फ्यू आदेश जारी

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

ताजा समाचार