प्रचण्डलक्षित जनार्दनको टिप्पणी- शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसक्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न आग्रह गरे ।

आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उनको भनाइ थियो ।

‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्य कथा हो । शेषनागले पृथ्वी बोकेको छ,’ शर्माले भनेका छन्, ‘त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

ताजा समाचार