काठमाडौं । सर्वाेच्च अदालतले विद्यालय बन्द नगर्न बाध्यकारी आदेश दिएको छ ।
बुधबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् । अदालतले आन्दोलनरत शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गरी ३ दिनभित्र विद्यालय फर्किने वातावरण तयार गर्न आदेश दिएकाे हाे ।
त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।
शिक्षक महासंघको आयोजनामा शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राखेर तीन साताभन्दा बढी समयदेखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।