काठमान्डौ
राजबादीहरुले आज काठमान्डौ आयोजना गरेको प्रर्दशनमा आगजानी र लुटपाट गरेपछि सेना परिचालन गरेको छ ।
काठमाडौंको तीनकुनेमा नेपाली सेना परिचालन भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि नेपाली सेनाको टोली खटिएको हो।
सेनाको बख्तरबन्दसहितको टोली खटिएको हो।
प्रशासनले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।