जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने

काठमाडौँ । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । प्रदीप यादवले रातोपाटीसँग भने, ‘हाम्रो पार्टी आजै सरकारमा सहभागी हुन्छ । मन्त्रीको नाम पनि टुङ्गिसकेको छ ।’

ताजा समाचार