कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधका बिच धन्यवादको प्रस्ताव पारित भएको हो । गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेको थियो ।

ताजा समाचार