निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ,छानबिन गर्न समिति गठन

काठमाडौँ

निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । 

ताजा समाचार