लुम्बिनीमा र गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनका हुने भएका छन ।
लुम्बिनी र गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका चौधरी र सुरेन्द्रराज पाण्डेले बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।
नयाँ गठबन्धनमा रहेका कांग्रेस माओवादीबीच भागवण्डाका कुरा नमिल्दा मंगलबार र बुधबारको बैठकले कुनै निचोड निकाल्न सकेको छैन ।
८ दलको गठबन्धनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पहिलो चरणमा मुख्यमन्त्री बन्ने मौखिक सहमति भएपनि आधा कार्यकालमा माओवादीलाई लिखित सहमति नदिएका कारण अड्किएको माओवादीका एक नेताले बताए ।
गठबन्धनको बैठकले आज विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले प्रदेश प्रमुखले दिएको समयभित्र नै दाबी पेश गरिने बताए ।
‘बुधबार नै पेश गर्ने तयारी भए पनि विभिन्न कारणले भएन । बिहीबार ४ बजेभन्दा अघि नै मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले बहुमतसहित दाबी गर्नु हुन्छ।’उनले भने ।
पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस-माओवादीको सरकार बन्न लागेको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।
कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।