राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र एमाले माओवादीसँग पनि सहयोग माग्ने

काठमान्डौ

नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफल यस्तो निष्कर्ष निकालिएको हो।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरणम महतले कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताए। 

‘पहिले त हामी चुनावमा लड्छौँ। अन्य दलहरुसँग पनि परामर्श गरेर अघि बढ्छौँ’, उनले भने, ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिन्छ। उम्मेदवारबारे अहिले छलफल भइसकेको छैन।’ 

महतले राष्ट्रपतिका लागि संसदमा भएका सबै दलहरुको समर्थन र सहयोग लिन खोज्ने प्रयास भइरहेको बताए

प्रधानमन्त्रीको पार्टी (माओवमादी केन्द्र), नेकपा एमाले र अन्य दलसँग पनि सहयोग लिने प्रयास हुनेछ’, उनले भने,  ‘हामी अहिले छलफलमा छौँ। राष्ट्रपति निर्वाचनमा अरु दलहरुसँग पनि सहयोग लिएर प्रस्तुत हुने हाम्रो निर्णय हो।’ 

ताजा समाचार