कांग्रेशले प्रचण्ड सरकारलाई विश्वासको मत दिन देउवाको प्रस्ताव, समाजवादीले सर्तसहित मत दिने

काठमान्डौ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन । यता पांच गठबन्धन भित्र रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय  गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । 

काग्रेसले मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।

तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार छ । बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी अब कार्य सम्पादन समितिबाट निर्णय गर्छौं ।’

ताजा समाचार