विश्वासको मत दिन राजनीतिक दलहरुलाई आह्वान गरिने एवं मुख्यमन्त्री र सभामुखको बाँडफाँट र आलोपालो गर्ने सहमति

काठमान्डौ

सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।

त्यस्तै, वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । उता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

यस्ताे छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ – एमाले

मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी – एमाले

कर्णाली – माओवादी केन्द्र

सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।

सभामुख:

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख: 

प्रदेश १ र गण्डकी- एमाले

बागमती र कर्णाली- माओवादी

लुम्बिनी- राप्रपा

मधेश प्रदेश- जनमत पार्टी

सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव

यलैविच सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको छ ।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।

 

ताजा समाचार