दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने प्रचण्डको तयारी,नारायणकाजी उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो ।

स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।

यसैविच नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओ‌वादीका सचिव गणेश साहले बताए ।

उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्‍त्रालयको टुंगो पछि लाग्नेछ ।

श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।

ताजा समाचार