काठमाडौँ — भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
यसैविच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतिय राजदूत विच शनिबार प्रचण्ड निवास खुमलटारमा दुईबीचभेटवार्ता भएको हो।
आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
उनका अनुसार भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।
राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकालेअहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।
नेपालको निर्वाचनको नतिजा आउदै गर्दा एकल बहुमत नआउने देखिएको समयमा भारतका राजदूत श्रीवास्तवको सत्ता गठबन्धनका दुईठुला दलका अध्यक्षसगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।