काठमान्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन मार्फत बधाई दिएका छन ।
पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न आग्रह गर्दै बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेको हुन्।
दाहालको सचिवालयले ले टेलिफोन संवाद भएको पुष्टि गरे । ‘अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।
संवादमा ओली र प्रचण्डबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट समेत गरेका थिए।
नेकपाको एकता भंग भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन्। ओलीले प्रचण्डलाई चुनावी परिणामलाई हेरेर बसेर समीक्षा गर्न आग्रह गरेको थिए।
एता नेपाली कांग्रेसमा प्रधानमन्त्रीको दावि महामन्त्री गगन थापाले गरेसगै शसाक कोईरालले पनि दावि गरेका छन । अर्को महामन्त्री विस्व प्रकाश शर्माले प्रधानमन्त्रीका लागि आफ्नो समर्थन गगन थापालाई हुने यदि गगन थापाले चासो नदेख आफु अगाडी बढ्ने बताउनु भएको छ ।