प्रतिनिधिसभामा ८ वटा सिट जित्दै कांग्रेसको अग्रता, दोश्रोमा एमाले कसले कहां जिते ?

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभामा ८ वटा सिटमा जित हासिल गर्दै अग्रता कायम राखेको छ । मंगलबार रातिसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ४४ वटा सिटमा अग्रता बनाएको छ । कांग्रेसबाट गगनकुमार थापा, मोहन आचार्य, प्रदीप पौडेल, सन्तोष चालिसे, प्रकाशमान सिंह, उदयशमशेर राणा, योगेश गौचन थकाली र टेकबहादुर गुरुङले जित दर्ता गरेका हुन् ।

कांग्रेसलाई नेकपा एमालेले कडा टक्कर दिइराखेको छ । एमालेले हालसम्म ३ वटा सिटमा जीत हासिल गर्नुका साथै ४४ वटा सिटमा अग्रता कायम राखेको छ । एमालेका अम्बर बहादुर रायमाझी, प्रेमबहादुर महर्जन र कृष्ण गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । एमालेले पनि ४४ वटा सिटमा अग्रता बनाइराखेको छ ।

नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् भने पार्टीले दुईवटा सिटमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १६ वटा सिटमा अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ वटा सिटमा अग्रता कायम राखेको छ । स्वतन्त्रसहित अन्य पार्टीहरूले ३० वटा सिटमा अग्रता बनाएका छन् ।

यता प्रदेशसभातर्फ कांग्रेसले ९ वटा सिटमा जीत हासिल गर्नुका साथै ६५ वटा सिटमा अग्रता बनाइराखेको छ । नेकपा एमाले २ वटा सिटमा विजयी भएको छ भने ७५ वटा सिटमा अग्रता बनाएको छ । नेकपा माओवादी केन्द्रले १ वटा सिटमा जीत हासिल गर्नुका साथै ३० वटा सिटमा अग्रता बनाएको छ । स्वतन्त्रसहित अन्य पार्टीहरूले ४ वटा सिट जित्नुका साथै ३३ वटा सिटमा अग्रता बनाएको छ ।

ताजा समाचार