एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा

काठमान्डौ

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् ।

माओवादीकेन्द्र भने चौथो स्थानमा रहेको छ । 

नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८, जनता समाजवादी पार्टीले ९ हजार ३४४ र जनमत पार्टीले ८ हजार ७०१ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ६ हजार ९०५, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३९७ र नेकपा एकीकृत समाजवादीले ५ हजार ६९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

ताजा समाचार