कैलाली क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी — कैलाली क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् । 

त्यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा उम्मेदवार वीरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् । त्यसैगरी कैलाली क्षेत्र नम्बर १ र २ मा पनि उन्मुक्तिका उम्मेदवार अगाडि रहेका छन् ।

टीकापुर क्षेत्र पर्ने निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र रावललाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ अगाडि छन् । श्रेष्ठ रामजनम चौधरीभन्दा २३१९ मतले अगाडि छन् । श्रेष्ठ चौधरीले ६५७९ मत ल्याएकी छन् भने चौधरीको ४२६० मत छ । एमाले उम्मेदवार तपेन्द्र रावल तेस्रोमा छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिकै अरुण चौधरीले १ हजार ६६० मत प्राप्त गर्दा माओवादीका भगतबहादुर बडुवालले १ हजार २६९ मत पाएका छन् ।

ताजा समाचार